बिग ब्यासमा सन्दीपको राम्रो शुरुआत

नेपालभ्युज

बिग ब्यासमा सन्दीपको राम्रो शुरुआत

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको घरेलु टी-ट्वान्टी लिग, बिग ब्यासमा राम्रो शुरुआत गरेका छन्। बिग ब्यासको नयाँ संकरणको पहिलो खेलमा बुधबार डिफेण्डिङ च्याम्पियन सिड्नी सिक्सर्सविरुद्ध उनले ४ ओभरमा मात्र २४ रन खर्चेर एक विकेट लिए।

लगातार दोस्रो वर्ष होबर्ट हरिक्यानस्बाट खेलिरहेका उनले आफ्नो पहिलो दुई ओभरमा मात्र ६ रन दिएर एक विकेट लिएका थिए। यसपछि पछिल्लो दुई ओभरमा भने १८ रन दिनपुगे।

उनले सिड्नीका विष्फोटक ब्याट्सम्यान ड्यान क्रिष्टियनको विकेट लिएका थिए।

बिग व्यासको २०२०-२०२१ संस्करणको आफ्नो पहिलो खेलमा टस जितेर पहिले बलिङ गरेको उनको टिम हरिक्यानस्ले सिड्नीलाई एक सय ४४ रनमा रोकेको छ। गत सिजन होबर्ट हरिक्यानस्सँग आबद्ध भएका २१ वर्षीय लेग स्पिनर सन्दीपलार्ई यो सिजन पनि विदेशी खेलाडीको रूपमा उक्त क्लबले अनुबन्धित गरेको हो।

गत सिजन बिग ब्यासमा जम्मा आठ खेल मात्र खेल्न पाएका उनले यो पटक भने होबर्ट हरिक्यानस्बाट सबै खेल खेल्नेछन्।

यसअघिका दुई संस्करणमा भने उनले मेलवर्न स्टार्सबाट खेलेका थिए। यो दुवै सिजनमा मेलवर्न बिग ब्यासको उपविजेता बनेको थियो। मेलवर्नबाट खेलेका दुई सिजनमा उनले खेलेको कुल २१ खेलमा २६ विकेट लिन सफल रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved