कांग्रेसमा केन्द्रीय सदस्य कसरी चयन हुँदैछन् ?

नेपालभ्युज

कांग्रेसमा केन्द्रीय सदस्य कसरी चयन हुँदैछन् ?

काठमाडौं। शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १४ जना पदाधिकारीसहित १ सय ६७ जनाको केन्द्रीय समिति चयन हुँदैछ। मुलुक संघीयतामा गएयता कांग्रेसले आयोजना गर्न लागेको यो पहिलो महाधिवेशन हो।

१४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह–महामन्त्री (क्लस्टरअनुसार) चयन हुनेछन्। कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने, तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले भोट हाल्न पाउने प्रावधान छ।

यद्यपी, कोषाध्यक्षतर्फ भने प्रत्यक्ष निर्वाचन हुँनेछैन, महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था छ।

१४ औं महाधिवेशनबाट प्रत्यक्ष (खुलातर्फ) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्, त्यस्तै सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था विधानमा छ।

यसबाहेक, केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ जनाको प्रतिनिधित्व हुनेगरी कुल २१ जना, दलितबाट ४ महिलासहित कुल ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित कुल १५ जना, खस–आर्यतर्फ ६ महिलासहित १३ जना, मधेसीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी कुल ५४ जना केन्द्रीय सदस्य चुनिनेछन्।

सकेसम्म अपाङ्गता भएका र अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि यसैभित्र हुन्छ। त्यस्ता व्यक्ती प्रत्यक्ष रुपमा निर्वाचित भएर आउन नसकेपनि ३३ सदस्य नियुक्त गर्दा सभापतिले समावेशी सिद्धान्त, महिला, अपाङ्गता, अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राख्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved