कांग्रेस १४ औँ महाधिवेशन

इतर पक्षबाट साझा उम्मेदवार छान्न दाबेदारबाहेकको बैठक

चार जनाले सभापतिका लागि दाबी गरेपछि साझा उम्मेदवार चयन कठिन बनेको छ। सोही विषय टुंग्याउनका लागि अहिले पनि इतर समूहको बैठक काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ, तर सभापतिका दाबेदारहरु बिना नै।

नेपालभ्युज

इतर पक्षबाट साझा उम्मेदवार छान्न दाबेदारबाहेकको बैठक

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवारमा सहमति जुटाउन संस्थापनइतर समूह लगातार जुटिरहेको छ। इतर समूहमा चार जनाले सभापतिका लागि दाबी गरेपछि साझा उम्मेदवार चयन कठिन बनेको छ।

सोही विषय टुंग्याउनका लागि अहिले पनि इतर समूहको बैठक काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ, तर सभापतिका दाबेदारहरु बिना नै।

संस्थापनइतर पक्षबाट सभापतिका लागि दाबेदारी गरे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला र प्रकाशमान सिंहबाहेकका नेताहरु छलफलमा बसेका हुन्।

वरिष्ठ नेता पौडेल केही समय बैठकमा बसे पनि उनी निस्किएका छन्। आजको बैठकले साझा उम्मेदवारको विषयमा धारणा तय गर्ने र नेताहरुलाई सुनाउने बताइएको छ।

बैठकमा नेता रामशरण महत, धनराज गुरुङसहित केन्द्रीय नेताहरु, नवनिर्वाचित प्रदेश सभापतिहरु गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनसहित केही जिल्ला सभापतिहरु छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved