रियल मड्रिड र लिभरपुल विजयी

समूह डीबाट रियल र इन्टर दुवै अघिल्लो चरणमा प्रवेश गरेका छन्। समूह बीबाट लिभरपुल र एट्लेटिको मड्रिड अघिल्लो चरणमा पुगेका छन्।

नेपालभ्युज

रियल मड्रिड र लिभरपुल विजयी

काठमाडौं। च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएका समूह चरणको अन्तिम खेलमा स्पेनिस जायन्ट रियल मड्रिड र संग्लिस क्लब लिभरपुलले जित निकालेका छन्।

समूह चरणको अन्तिम खेलमा रियलले इन्टर मिलानमाथि २-० गोल अन्तरको जित निकाल्यो।

घरेलु मैदानमा रियलका लागि टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे। निकोलो बरेलाले खेलको ६८ औँ मिनेटमा रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित इन्टरले खेलमा पुनरागमन गर्न सकेन।

समूह डीबाट रियल र इन्टर दुवै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

यता, समूह चरणको अन्तिम खेलमा लिभरपुलले एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्यो। मिलानले शुरुवाती अग्रता लिए पनि जोगाउन नसक्दा पराजित भयो।

लिभरपुलका लागि मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे। मिलानका फिकायो टोमोरीले गोल गरे।

हारपछि एसी मिलान अघिल्लो चरण प्रवेश गर्नबाट रोकिएको छ। समूह बीबाट लिभरपुल र एट्लेटिको मड्रिड अघिल्लो चरणमा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved