पीएसजीको जितमा मेस्सी र एमबाप्पेको दुई दुई गोल

पहिलो हाफको ३८ औँ मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले ३ गोलको अग्रता बनायो। खेलको ६८ औँ मिनेटमा म्याट रिट्सले ब्रुगका लागि एक गोल फर्काए।

नेपालभ्युज

पीएसजीको जितमा मेस्सी र एमबाप्पेको दुई दुई गोल

काठमाडौं। लियोनल मेस्सी र किलियन एमाबाप्पेले शानदार प्रदर्शन गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, पीएसजीले च्याम्पियन्स लिग फुटबलमा रवाफिलो जित निकालेको छ।

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब ब्रुगमाथि ४-१ गोल अन्तरको जित दर्ता गरेको हो।

घरेलु मैदानमा खेल शुरु भएको दोस्रो मिनेटमै पीएसजीले एमबाप्पेको गोलमार्फत अग्रता बनाएको थियो। त्यसलगत्तै खेलको सातौँ मिनेटमा फेरि एमाबाप्पेले दोस्रो गोल गरे।

पहिलो हाफको ३८ औँ मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले ३ गोलको अग्रता बनायो। खेलको ६८ औँ मिनेटमा म्याट रिट्सले ब्रुगका लागि एक गोल फर्काए।

तर, खेलको ७६ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरेपछि पीएसजीले ४-१ गोल अन्तरको जित निकाल्यो।

पीएसजी रहेको समूह एबाट ऊसँगै म्यानचेस्टर सिटी यसअघि नै दोस्रो चरणका लाििग छनोट भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved