सप्तरीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

अध्यक्ष र उपाध्यक्षबीच झगडा र कुटपिट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ। उपाध्यक्षको पनि हातमा चोट लागेको छ।

सप्तरीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

जनकपुरधाम। प्रदेश २ को सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ। अध्यक्ष र उपाध्यक्षबीच झगडा र कुटपिट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ।
उपाध्यक्षको पनि हातमा चोट लागेको छ।

गाउँ कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भएको थियो। सो क्रममा दुईजना बीच विवाद हाे। अध्यक्ष र उपाध्यक्ष बीच बाझाबाझ हुँदा हुँदै हात हालाहाल भएको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले जानकारी दिए।

वडाध्यक्ष यादवले भने, ‘‘म पनि बैठकमा सहभागी थिए, छलफल सामान्य रूपमा नै भइरहेको थियो।  गहुँको बीउ वितरणको सन्दर्भ अध्यक्ष र उपाध्यक्ष बीच विवाद भयाे। कुटाकुट हुन थाल्यो। कुटाकुटको क्रममा अध्यक्षज्यूको दुई वटा दाँत नै भाँचिएछ।’’

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अध्यक्षले नजिकै आएर अपशब्द प्रयोग गरेपछि आफूले कुर्सी उठाएको स्वीकार गरिन। ‘‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’’ उनले भनिन् ‘‘तर, मलाई थाहा भएन उहाँको दाँत भाँचियो भनेर।’’

यस घटनाको सम्बन्धमा अध्यक्षसँग बुझ्न खोज्दा फोन उठेन। यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष विवाद भएको  बताए। ‘‘घटनापछि उहाँहरू आ–आफ्नो घरतिर लागेका भन्ने कुरा जानकारी आयो,’ डिएसपी काफ्ले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved