काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका रूपमा रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएका छन्।
नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेपाली कांग्रेसको संस्थापनइतर समूहको आज बैठक बसेको थियो। उक्त बैठकपछि शंशाकले यस्तो बताएका हुन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार आज रातिसम्म घोषणा गरिसक्ने बताएका थिए।
कहिले शेखर कोइरालालाई त कहिले आफैं सभापतिको दाबी गर्दै आएका उनले उनले योसँगै सभापतिमा आफ्नो दाबी पनि छाडेका हुन्। करिब ५ घण्टा चलेको बैठकमा युवा र केन्द्रीय सदस्यहरू मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापति दौडको होडबाट बाहिरिएका हुन्।
साथै उनले शेखर कोइराला र प्रकाशमान मिल्न तयार भए पौडेलले पनि सभापतिको दाबी छाड्नुपर्ने संकेत गरे। भने, “हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै पनि सकिन्छ।”
भोलि बिहान ९ बजे यो समूहको बैठक फेरि बस्ने जनाइएको छ।
राम्रो बिचार, रामचन्द्र पौडेल जी नेपालि कांग्रेसको एक पिडीत नेता हुनुहुन्छ ओहाको त्यागलाई सम्मान गर्दै एकपल्ट सभापति बनाउनु पर्ने मेरो व्यक्तिगत धारणा यहा राख्न चाहान्छु l