कांग्रेस अब पनि नसुध्रिए सिद्धिन्छ -गगन थापा

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताए। नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रूख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए।

उनले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए। नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए।

नेता थापाले भने, “कसले बिगार्‍यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ। कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ। मलाई चिन्ता लाग्ने सबै कुराहरू मेरा कुराहरू भए। हामी नौलाख पार्टीका कार्यकर्ताहरू छौँ। हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो। नेपाली कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागेजस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको त्यसको आवश्यक्ताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ,” थापाले भने।

नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए। पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताए।


Comment

One thought on “कांग्रेस अब पनि नसुध्रिए सिद्धिन्छ -गगन थापा

  1. गगन थापाजीले कांग्रेस बचाउन र एउटा सुधारिएको पार्टी बनाउन दिनुभएको बिचार उत्कृष्ट छ यसको लागि उहा धन्यबादको पात्र हुनुहुन्छ तर कांग्रेसले एउटा गहन अनुसन्धान गर्नु पनि जरुरि छ कि स्थानिय या क्षेत्रीय नेताहरुलाई आफूभन्दा अलि स्मार्ट, योग्य, गतिशील व्यक्ति महसुस भए कांग्रेस समर्थकलाई नै पन्छाउने चलन छ यसमा चाकडी, चाप्लुसी र गुटबन्दीको ठुलो भूमिका छ l नया ब्यक्तित्व जो कांग्रेस नै छैन त्यसलाई पार्टी प्रबेस गर्न दिन्छन ? ठुलै कसरत गर्नु पर्ला ? माथिबाट जुन कुरा बिचार ब्यक्त हुन्छ त्यसलाई ब्यबहारमा ढाल्नु पनि उत्तिकै चुनौतिपूर्ण छ तर गरेमा के हुदैन र ?? याहाको बिचारको सराहना साथै समर्थन गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved