“नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना सार्वजनिक

नेपालभ्युज

“नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना सार्वजनिक

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँनयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा मंगलबार यो यो प्रस्तुत गरेको हो। यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बिमा हो।

विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठुला ठुला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेका छन्। यस्तो विकास निर्माणका काममा जोखिम बढी रहेको हुन्छ। साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरूलाई लक्षित गरेर यो “नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना ल्याएको कम्पनीको दाबी छ।

यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना यहाँहरू माझ ल्याएको हो। यस बिमा योजनाको मुख्य आकर्षण भनेको बिमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन्। ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ।

अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ। यो बीमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ। पचास हजार रुपैयाँदेखि एक करोडसम्मको बीमाङ्क रकमको बिमा गर्न सकिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved