डुकुछापमा डिशहोमको नयाँ स्याटेलाईट टेलिपोर्ट स्थापना

नेपालभ्युज

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाईट टेलिपोर्ट स्थापना

काठमाडौँ। डिटिएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको छ। छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको हो।

अब कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको हो।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाइबर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाईट टेलिपोर्टसम्म पुर्‍याइ डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिङ्क गरी प्रसारण गर्ने क्षमता राख्दछ।


Comment

One thought on “डुकुछापमा डिशहोमको नयाँ स्याटेलाईट टेलिपोर्ट स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved