एमाले केन्द्रीय कमिटी बैठक पार्टी प्यालेसमा बस्ने

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक पार्टी प्यालेसमा बस्ने

काठमाडौँ। नेकपा (एमाले) को १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको छ। भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने भएको हो। यसअघि एमालेको पहिलो केन्द्रीय बैठक महाधिवेशन स्थल सौराहामै बसेको थियो। त्यसअघि एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको सङ्ख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए। यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औँ महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ।

तामाङका अनुसार यही मङ्सिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेन्डा बैठकको छ । त्यस्तै जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि बैठकले निर्धारण गर्ने छ।

त्यस्तै नेताहरूको कार्य विभाजन पनि बैठकको एजेन्डा छ । तामाङले स्थायी कमिटीलाई यसैपाली पूर्णता दिए पनि पोलिटब्युरो भने नियुक्तिका लागि केही बाँकी राखेर गठन गरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved