महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

नेपालभ्युज

महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ
सांकेतिक तस्वीर

कैलाली। डडेलधुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ।

परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ। पीडितले दिएको किटानी जाहेरीका आधारमा उनलाई मङ्गलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) देवेन्द्र पालले बताए।

१० गते महिला माथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ। महिलाको जाहेरी पछि माललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved