नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएका दुबैजना संक्रमणमुक्त

कोरोनाको लक्षण देखिएपछि उनीहरुले ७ मंसीरमा पिसिआर परीक्षण गराएका थिए। त्यतिबेला दुबैजना कोभिड पोजेटिभ पाइएका थिए।

नेपालभ्युज

नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएका दुबैजना संक्रमणमुक्त

काठमाडौं । नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजना विदेशी नागरिक आज संक्रमणमुक्त भएका छन्। स्वास्थ मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले उनीहरु दुबैजना संक्रमणमुक्त भएको जानकारी नेपालभ्युजलाई दिए।

उनीहरु होटलमा क्वारेन्टाइनमा बसिरहेका थिए। सोमबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले उनीहरुमा ओमिक्रोन भेरिएन्टको संक्रमण देखिएको जानकारी पत्रकार सम्मेलनमार्फत गराएको थियो।

यसरी संक्रमण देखिनेमा त्रिभुवन विमानस्थल हुँदै ३ मंसीरमा आएका ६६ वर्षीय व्यक्ति र उनीसँग निकटको सम्पर्कमा रहेका ७१ वर्षीय थिए विदेशी नागरिक थिए।

कोरोनाको लक्षण देखिएपछि उनीहरुले ७ मंसिरमा पिसिआर परीक्षण गराएका थिए। त्यतिबेला दुबैजना कोभिड पोजेटिभ पाइएका थिए।

उनीहरु दुबैको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गरेर हेरिएको थियो र १९ मंसिरमा ओमिक्रोन देखिएको पुष्टि भएको थियो।

त्यसपछि, स्वास्थ तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा ओमिक्रोन संक्रमण भित्र्यिएको जानकारी गराएको थियो। यी व्यक्तीहरुसँग सम्पर्कमा आएका ७८ जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved