खोप ल्याएर थन्काइयो, वितरणको योजना बनेन

खोप लगाउने विषयलाई संवेदनशिल मानिन्छ। त्यसैले, सुरुवाती चरणमा जनशक्ति तयार गर्नै केही समय लाग्नसक्छ। तर, नेपालमा खोप अभियान सुरु भएको वर्ष दिन पुग्न लाग्दा पनि ढिलाई कायम रहनुलाई सहज मान्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारीले बताए।

खोप ल्याएर थन्काइयो, वितरणको योजना बनेन

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत १७ मंसीरमा काठमाडौं ल्याइएको १ लाख ८८ हजार डोज मोडर्ना खोप अहिले टेकुस्थित स्वास्थ सेवा विभागको भण्डारण कक्षमा राखिएको छ। तर, वितरणका विषयमा अझैसम्म केही पनि योजना बनिसकेको छैन।

खोप लगाउने विषयलाई संवेदनशिल मानिन्छ। त्यसैले, सुरुवाती चरणमा जनशक्ति तयार गर्नै केही समय लाग्नसक्छ। तर, नेपालमा खोप अभियान सुरु भएको वर्ष दिन पुग्न लाग्दा पनि ढिलाई कायम रहनुलाई सहज मान्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारीले बताए।

यद्यपी, बहालवाला सरकारी अधिकारीहरु खोप वितरणमा ढिलाई भएको स्विकार्नै तयार छैनन्। “खोप प्राप्त भएको पाँच दिन भयो यसलाई कसरी ढिलो भन्‍ने ? यो खोप जुम्लाका बालबालिकालाई अर्को सातादेखि लगाउने तयारी गरिरहेका छौं।  खोप यत्तिकै लगाउने भन्‍ने हुदैन योजना बनाउनु पर्छ,धेरै आन्तरिक कुराहरु छन्, जसले समय लाग्‍न सक्छ”, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले भने।

खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा.श्यामराज उप्रेतीले पनि वितरणमा ढिलाई भएको विषयलाई अस्विकार गरे। ‘‘खोप आएको पाँच दिनमात्रै भयो, वितरणमा ढिलाई भयो भन्‍न मिल्दैन,’’ उनले भने।

तर, जनस्वास्थविद् डा. बाबुराम मरासिनीले  खोप वितरणमा ढिलासुस्ती भइरहेको बताए।  ‘‘बालबालिका मात्रै होइन। वयस्कलाई दिइने खोपमा पनि ढिलासुस्ती भइरहेको देखिएकै छ। खोप थन्काएर राख्नु, वितरणको कुनै योजना नबनाउनु अनि भर्खरै खोप आइपुग्यो, अब योजना बन्दैछ भन्‍नु लापरवाही सिवाय केही होइन। यो आपतकालिन समय हो। हामीले चुस्त रुपमा योजना बनाउन सक्नुपर्छ’’, मरासिनीले भने,‘‘खोप आउनुभन्दा धेरै अगाडि नै खोप आउने मिति तय भइसकेको हुन्छ। त्यतिबेलादेखि नै योजना बनाउनका लागि जुटेको भए अहिले वितरण कार्य प्रभावकारी हुनसक्ने थियो।’’

कर्मचारी सरुवामाजस्ता विषयमा सरकार अल्झिएका कारण पनि खोप वितरणमा समस्या सिर्जना भएको हुनसक्ने डा. राजभण्डारीले बताए। ‘‘कोभिशिल्ड, भेरोसेल खोपजस्तो सहज पक्कै पनि फाइजर र मोर्डनाको खोप लगाउन छैन।

यसका लागि तालिम प्राप्त व्यक्ति चाहिन्छ’’, डा.राजभण्डारी भन्छन्,‘‘तर, सरकारले पछिल्लो समय कर्मचारी फेरबदल गरिरहेकाले नयाँ कर्मचारीहरु अल्मलिएका छन्, यसकारण पनि खोप वितरण कार्यमा निकै आघात पुगेको छ ।”

आम नागरिकलाई सुरक्षित महसुस गराउनका लागि छिटोभन्दा छिटो खोप अभियान अघि बढाउनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved