‘सभापतिमा पुरानो र महामन्त्रीमा नयाँ पुस्ता कांग्रेसजनको चाहना हो’

नेपालभ्युज

‘सभापतिमा पुरानो र महामन्त्रीमा नयाँ पुस्ता कांग्रेसजनको चाहना हो’
फाइल तस्वीर

नेपाली कांग्रेसमा पुस्तान्तरणको सन्दर्भ आउँदा अपेक्षित नवोदित नेतृत्वपंक्तिको लहरमा विश्वप्रकाश शर्माको नाम पहिलो लहरमै अटाउँछ। प्रखर वक्ताका रूपमा कांग्रेसजनभित्र परिचित शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी हुने घोषणा गरिसकेका छन्। महाधिवशेनको पूर्वसन्ध्यामा नेपालभ्यूजले शर्मासँग गरेको संक्षिप्त कुराकानीः

तपाईंले महामन्त्री पदमा शेरबहादुर देउवा क्याम्पबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको उम्मेदवारी किन ?

अहिले पार्टीभित्र एउटा खालको परिवर्तनको खोजी भइरहेको छ। त्यो परिवर्तन महामन्त्री पदमा सम्भव हुन्छ भन्ने देखिन्छ। सभापतिमा पुरानो पुस्ताको र महामन्त्रीमा पछिल्लो पुस्ताको निर्वाचन गर्ने मनोविज्ञान तल्लो तहसम्म देखिन्छ। पार्टीभित्र हामी पाँच, सात जना छौं, जसले त्यो मनोविज्ञानलाई सार्थक बनाउन सक्छौँ।

सिन्धुपाल्चोकबाट आएकी १९ वर्षकी करिना पुरी मभन्दा ३१ वर्षले कान्छी हुनुहुन्छ। उनले मत हाल्दै गर्दा पनि २८, ३० वर्षको मानिस नभएर कम्तीमा ४५/५० वर्षको मानिस उम्मेदवार भएको भेटिरहिछन्। यति ठूलो ग्याप छ। सभापति पदका उम्मेदवारहरूको उमेर झनै बढी छ।

समावेशी, सहभागिता भन्दै गर्दा उनीहरूको समावेशीता र सहभागिता कहाँ हो भन्ने प्रश्न कायमै छ। त्यसको जवाफ हामी हुन सक्छौं।

अर्कोतर्फ, अब आउने नेता भनेको अबको दशकको नेता हो। उमेरको साथसाथै एजेण्डा के हो भन्ने प्रश्न पनि आउँछ। हामीसँग कम उमेरमात्र होइन, एजेण्डा पनि छ।

तपाईंको एजेण्डा के हो ?

मैले समृद्धि र सामाजिक रूपान्तरणमा केन्द्रित रहेर दुई ओटा दस्तावेज ल्याउने तयारी गरेको थिएँ। तर पार्टीले नीति अधिवेशन र नेतृत्व अधिवेशन छुट्याएकाले त्यो सम्भव भएन। तर मैले ३ असोजमा झापामा २४ ओटा बुँदा सार्वजनिक गरेको छु।

हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन भन्ने मेरो मूल एजेन्डा थियो। १ मंसीरमा चितवनमा ४२ बुँदा सार्वजनिक गरेँ। ती बुँदामा मैले देश रूपान्तरणका लागि दल रूपान्तरण अनिवार्य छ भन्ने उल्लेख गरेको छु।

साथीहरूको माया, स्नेह, शुभेच्छाका आधारमा भन्दा परिणाम सकारात्मक हुने आशा छ। उम्मेदवारी दर्ता गरेर मतदाताले मत हाल्नुपूर्व आफैंले विजयको घोषणा गर्नु सुहाउँदो होइन। तर धेरैले युवा अनुहार आउनुपर्छ भन्ने अपेक्षा राखेको हुनाले धेरै हदसम्म सफलताको संकेत गरेको छ।

दल रूपान्तरणका लागि कांग्रेसमा क्रियाशील सदस्यताको व्यवस्थापनको विषय उल्लेख गरेको छु। राजनीतिक रूपान्तरणका लागि कुनै पदमा एउटा व्यक्ति कति पटकसम्म रहने भन्ने प्रस्ताव गरेको छु। त्यस्तै सरकारमा को सहभागी हुने, नहुने भन्ने उल्लेख गरेको छु। संसद्बाट आधा र विषयगत विज्ञतालाई समेट्नेगरी मन्त्रिपरिषद् गठन हुनुपर्ने प्रस्ताव गरेको छु। दल र राज्य सञ्चालन अन्तरसम्बन्धित भए पनि एकै होइनन्। त्यसैले मैले योगदानमा आधारित दल संरचना र योग्यतामा आधारित राज्य संरचनाको प्रस्ताव गरेको छु।

महामन्त्रीमा निर्वाचित हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

साथीहरूको माया, स्नेह, शुभेच्छाका आधारमा भन्दा परिणाम सकारात्मक हुने आशा छ। उम्मेदवारी दर्ता गरेर मतदाताले मत हाल्नुपूर्व आफैंले विजयको घोषणा गर्नु सुहाउँदो होइन। तर धेरैले युवा अनुहार आउनुपर्छ भन्ने अपेक्षा राखेको हुनाले धेरै हदसम्म सफलताको संकेत गरेको छ।

महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा नयाँ अनुहार आएको छ भनिएको छ। अर्कोतर्फ तपाईंले नै सभापतिमा पुरानै पुस्ताको निरन्तरता हुनेछ भनिरहनुभएको छ। त्यो पुरानो पुस्ताले यो २०/२१ वर्षको नयाँ पुस्ताको आकांक्षाको सम्बोधन गर्नसक्छ ?

कांग्रेसमा नयाँ पालुवा धेरै पलाएको छ। यो सकारात्मक कुरा हो। सुन्दर भविष्यको संकेत हो। त्यो पुस्ताले बोकेको जबरजस्त परिवर्तनको भावनालाई सम्बोधन गर्दै हामी जानुपर्छ।

शीर्ष पुस्तामा जस्तो द्वन्द्व छ, त्यसपछि आशा गरिएको भनिएको तपाईंहरूको पुस्तामा पनि उस्तै द्वन्द्व देखिन्छ। तपाईंहरूबीच आपसी समझदारी निर्माण गर्न किन नसक्नुभएको ?

प्रतिस्पर्धाको बीचमा समझदारी, समझदारीका बावजुद प्रतिस्पर्धा भन्ने नीति हो। प्रतिस्पर्धाबिना नेतृत्व विकास हुन सक्दैन। फेरी प्रतिस्पर्धाले मात्रै परिणाम दिँदैन। त्यसैले परिणामका लागि समझदारी र नेतृत्व विकासका लागि प्रतिस्पर्धा हुनुपर्छ।

अहिलेलाई कांग्रेसलाई लाग्ने ठूलो आरोप हो, उसको कुनै एजेण्डा छैन, त्यसैले ऊ अरुको एजेण्डामा प्रतिक्रियात्मक मात्र बन्ने गरेको छ। समग्र राजनीतिको सन्दर्भमा तपाईंको एजेण्डा के छ ?

अहिलेको लोकतान्त्रिक संसदीय समावेशी संघीयतायुक्त प्रणाली जुन छ, त्यसको विचारधारात्मक जग लोकतन्त्र हो। संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरौं भनेर जुँगाको रेखी नबस्दै शपथ खानुभएका कमरेड केपी ओली, कमरेड प्रचण्डलगायत त यही संसदीय व्यवस्थाको पृष्ठपोषण गर्न आइपुग्नुभयो।

त्यसैले कांग्रेसले उहाँहरूलाई पछ्याएको होइन। उहाँहरूले लोकतन्त्रको दर्शन पछ्याउनुभएको हो। त्यो लोकतन्त्र हिजो राजसंस्थासहितको थियो होला। आज राजसंस्थारहित भयो। राजसंस्थासहितको भए पनि वा गणतन्त्र भए पनि चुरो त लोकतन्त्र हो। त्यो संसदीय लोकतन्त्रको बाटोमा कम्युनिष्ट पार्टीहरू पनि आएका हुन्। त्यसलाई स्थापित गर्न नसक्नु हाम्रो कमजोरी हो। त्यस्तै सामाजिक न्यायसहितको उदार अर्थव्यवस्थाचाहिँ हाम्रो कार्यक्रम हो।

त्यसलाई सबैले अंगीकार गरेका छन्। सरकारमा नहुँदा कांग्रेसले लिएको अर्थनीति गलत भनेर भाषण गर्ने कम्युनिष्टले पनि सरकारमा गएपछि त्यही नीतिमा लोकप्रियतावादी कार्यक्रम थपेर अंगीकार गर्ने गरेका छन्। त्यसैले नीतिगत रूपमा कांग्रेस सफल छ।

असफलचाहिँ केमा भएको हो त ?

३० वर्षमा जेजति रूपान्तरण भएका छन् त्यो हाम्रै नीतिअनुसार भएको भन्ने स्थापित गर्न नसकिएको हो। प्रचारात्मक काम हुन नसकेको हो।

यसका दुई ओटा कारण छन्। ०४६ सालपछि सबै राजनीतिक दलका अधिवेशनहरूमा नेतृत्व चयन नै हाबी भयो। विचार निर्माण हुँदै नहुने त होइन तर त्यो गौण भयो। दस्तावेजहरू आउँदै नआउने त होइन तर तिनमा गम्भीरता कम हुन थाले।

०६३ सालपछिको सन्दर्भमा कांग्रेसमा धेरै परिवर्तन भयो। संवैधानिक राजतन्त्र मानिरहेको पार्टी गणतन्त्रमा गयो। संविधानमै धर्मनिरपेक्षता, संघीयता स्थापित गराउन भूमिका पनि खेल्यो। तर अहिले कांग्रेसभित्रैबाट हिन्दूराष्ट्र, संघीयता खारेजीजस्ता प्रस्ताव आइरहन्छन्। कांग्रेसले यी विषयमा आफूलाई अझै प्रस्ट बनाउन नसकेको हो ?

नेपाली समाजमा जेजस्ता सौन्दर्य छन् त्यो कांग्रेसमा छन्। नेपाली समाजमा जेजस्ता जटिलता छन् ती पनि कांग्रेसमा छन्। कांग्रेसको विशेषता नै यही लचिलोपन हो। भिन्दाभिन्दै विचार पनि कांग्रेसमा प्रकट हुन्छ। तर नेपाली कांग्रेसले नीतिगत जे निर्णय गरेका छौं, त्यसमा कांग्रेसको अडान छ। हामीले संविधानमा जे लेखेका छौं, त्यसमा हामी अडिग छौं। तर विचारको रूपमा कांग्रेस पार्टीभित्र फरक-फरक विचार रहनसक्छन्। महाधिवेशन, कार्यसमितिले पारित गरेका नीति नै कांग्रेसको पार्टीगत विचार हो।

तर यो महाधिवेशन नै विचारशून्य भयो भन्ने टिप्पणी पनि छ नि ! कांग्रेसमा वैचारिक डिस्कोर्स किन कम ?

यसका दुई ओटा कारण छन्। ०४६ सालपछि सबै राजनीतिक दलका अधिवेशनहरूमा नेतृत्व चयन नै हाबी भयो। विचार निर्माण हुँदै नहुने त होइन तर त्यो गौण भयो। दस्तावेजहरू आउँदै नआउने त होइन तर तिनमा गम्भीरता कम हुन थाले।

यो सबै राजनीतिक दलहरूमा देखिएको यथार्थ हो। तर यसपालिदेखि कांग्रेसले नीति अधिवेशन र नेतृत्व अधिवेशन सर्लक्कै छुट्याएको छ। यो १४ औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत छ। र, केन्द्रीय समितिले के पारित गरेको छ भने महाधिवेशनले केन्द्रीय समितिलाई अधिकार दिन्छ। त्यो केन्द्रीय समितिले नीति अधिवेशन बोलाउनेछ।

यो महाधिवेशनले दिने सन्देशचाहिँ के हुन्छ ?

बदलिएको कांग्रेस र बलियो कांग्रेस भन्ने सन्देश दिनेछ। केही हदसम्म यसले बद्लाव ल्याउनेछ। सांगठनिक शक्तिमा अभिवृद्धि गर्नेछ। कांग्रेसमा जबर्जस्त रूपान्तरणको मनोविज्ञान बनेको छ।

कांग्रेस महाधिवेशनको तयारीबारे प्रवक्ता शर्मा

*यसअघि भूलवश हालिएको शीर्षक सच्याइएको छ – प्रधानसम्पादक


Comment

One thought on “‘सभापतिमा पुरानो र महामन्त्रीमा नयाँ पुस्ता कांग्रेसजनको चाहना हो’

  1. समझदारी र सहकार्य गर्दै लैजान सकेमा पुरानो र नयापुस्ताको अनुभब जोश र भुजाईले राम्रो कायक्रम ल्याएर रुपान्तरण हुन सक्छ, सफल नेत्रित्वो कायम हुन सक्छ, नया आउने नेताहरुलाई अग्रिम बधाई तथा शुभकामना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved