गुगल डुडलमा यसकारण गरियो पिज्जाको प्रयोग

नेपालभ्युज

गुगल डुडलमा यसकारण गरियो पिज्जाको प्रयोग

एजेन्सी। गुगलले अहिले आफ्नो सर्च इन्जिनमा रहेको डुडलमा पिज्जाको प्रयोग गरेको छ। र, त्यहाँ रहेको प्ले बटनमा क्लिक गर्ने बित्तिकै अन्तक्र्रियात्मक एनिमेटेड खेल सुरु हुन्छ।

तपाईले मोबाइल, ल्यापटप र आफ्नो कम्प्युटरमा यस्तो खेल खेल्न सक्नुहुन्छ।

पिज्जा डुडलले तपाईलाई भर्चुअल्ली पिजा काट्न भन्छ र तपाईले मिलाएर काट्न जान्नुभयो भने अर्को चरणमा पुग्न सक्नुहुन्छ। यस खेलमा पेप्पेरोनी पिज्जा, ह्वाइट पिज्जा, सेलेब्रेस पिज्जा, मोजारेल्ला पिज्जालगायत दर्जनौं भेराईटीका पिज्जालाई समावेश गरिएको छ।

‘आजको इन्टरएक्टिभ गुगल डुडलले विश्वकै एक अति लोकप्रिय परिकार पिज्जाको सेलिब्रेट गरेको छ। आजकै दिन सन् २००७ मा पिज्जा पकाउने कलालाई युनेस्कोले मानव निर्मित सांस्कृतिक सम्पदाको सुचीमा राखेको थियो,’ सोमबार गुगलले यसबारे जानकारी दिदैं भनेको थियो।

सोमबार १४ औं विश्व पिज्जा दिवस परेकाले यही दिनबाट गुगल डुडलमा पिज्जाको प्रयोग गरिएको हो। पिज्जा अहिले विश्वकै लोकप्रिय परिकारमध्ये एक हो।

१६ औं शताब्दीको सुरुवातमा इटलीको नेपल्स शहरबाट यो परिकार बनाउने प्रचलन सुरु भएको थियो। आजका दिनमा हरेक वर्ष विश्वमा ५ अर्ब पिज्जा खपत हुने गरेको गुगलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved