“नेपाल लाइफ समुन्नत जीवन” बिमा योजना सार्वजनिक

बिमा अवधिभित्र दुर्घटनाका कारण बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्तिले बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस समेत भुक्तानी पाउने कम्पनीले जनाएको छ।

नेपालभ्युज

“नेपाल लाइफ समुन्नत जीवन” बिमा योजना सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बिमा योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

विभिन्‍न पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यस योजना ल्याइएको कम्पनीले जनाएको छ  ।

‘‘विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन्। यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबर पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यस योजना ल्याइएको हो,’’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिमा अवधिभित्र दुर्घटनाका कारण बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्तिले बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस समेत भुक्तानी पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिहरु यो योजनामा सहभागी हुनसक्छन्। त्यस्तै, ५ वर्षदेखि अधिकतम  ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ। ५० हजार रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको बिमाङ्क रकमको बिमा गर्न सकिने पनि कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ। त्यस्तै, अतिरिक्त बिमा शुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved