जातीय दंगामा परी ४८ जनाको निधन

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा त्यहाँका स्थानीय जातिबीच झडप भएको थियो। झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए।

नेपालभ्युज

जातीय दंगामा परी ४८ जनाको निधन

एजेन्सी। सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा ४८ जनाको ज्यान गएको बताइएको छ। त्यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ।

सोमबार उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा डारफोर क्षेत्रमा दुई दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा त्यहाँका स्थानीय जातिबीच झडप भएको थियो। झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए।

दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका थिए। उक्त हमलामा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका हुन्।

संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन। अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved