एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछन् – मन्त्री पौडेल

एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछन् – मन्त्री पौडेल

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले एक सय शैय्याको आफ्नै अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताए।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको स्मरण गराउँदै उनले भने, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन्। अन्यको हकमा भने छलफल भइरहेको छ।”

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन शुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो।पिसिएल नर्सिङको अध्ययन २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved