नौ वर्षमा ८०० जनाको सफल मिर्गौला प्रत्यारोपण

२०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको केन्द्रले नौ वर्षको अवधिमै यो सफलता पाएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

नेपालभ्युज

नौ वर्षमा ८०० जनाको सफल मिर्गौला प्रत्यारोपण

काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता पाएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा.डा. राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले उक्त संख्यामा प्रत्यारोपण सम्पन्न गरेको हो।

हालसम्म सम्पन्न प्रत्यारोपणमा अंगदातातर्फ १०० प्रतिशत सफलता पाएको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको डा. श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved