बंगलादेश जाँदै यू-१९ महिला फुटबल टिम

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङलगायतले नेपाली टोलीको बिदाई गरे।

नेपालभ्युज

बंगलादेश जाँदै यू-१९ महिला फुटबल टिम

काठमाडौं। नेपाली महिला टोली यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न आज बंगलादेश जाँदैछ।

बंगलादेश जाने नेपाली महिला टोलीलाई अखिल नेपाल फुटबल संघ, एन्फाले सोमबार नै औपचारिक रुपमा बिदाई गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङलगायतले नेपाली टोलीको बिदाई गरे।

११ डिसेम्बरदेखि शुरु हुने प्रतियोगितामा नेपालले भूटान, भारत, श्रीलंका र आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

सहभागी पाँच टोलीमध्ये समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल भिडन्त हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved