गणतन्त्र रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

नेपालभ्युज

गणतन्त्र रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन्।

जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा जिकिर गरे।

केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयासलाई आफूहरूले एक पटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उनले बताए। अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरू सदैव सजग रहेको पनि बताए।

पहिलो मधेश विद्रोहबाट शुरु भएको संघर्ष यात्रा अझै जारी रहेको दाबी गरे। संघीयता र लोकतन्त्रमाथि खतरा देखिए पुनः संघर्षमा उत्रिने पनि उनले चेतावनी दिए।

सडकबाट शुरु भएको संघर्षको यात्रा अहिले सदन र सरकारको मोर्चाबाट जारी रहेको भन्दै अध्यक्ष यादवले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रिन बेर नलाग्ने चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved