जनकपुरमा जनप्रतिनिधिहरूले आफ्नै मेयरको पुत्ला जलाए

नेपालभ्युज

जनकपुरमा जनप्रतिनिधिहरूले आफ्नै मेयरको पुत्ला जलाए

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले आफ्नै नगरका मेयर लालकिशोर साहको पुत्ला दहन गरेका छन्।

रामजानकी विवाहपञ्चमी महोत्सवमा पनि जनकपुर नगर क्षेत्र पूर्ण रूपमा सरसफाई नगरिएको भन्दै असन्तुष्ट जनप्रतिनिधिहरूले मेयर साहको पुत्ला दहन गरेका हुन्।

विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा परिक्रमा मार्ग नै सरसफाइ नभएको महोत्सव हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई कठिनाइ हुने जानकारी सम्बन्धित निकायलाई पटक पटक गराइसके पनि मेयर साहले बेवास्ता गर्दै आएका उनीहरूले बताएका छन्। त्यसैले विरोधस्वरूप मेयरको पुत्ला दहन गरिएको वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले बताए।

एक महिनापूर्व नै मेयर साहलाई जानकारी गराउँदा पनि फोहोर नहटाएकाले बाध्य भएर पुत्ला दहन गरिएको उनको भनाइ छ। वडा नम्बर ४ र ७ मा एक महिनादेखि फोहोर उठाउन मेयर साहले गाडी नपठाएको उनले गुनासोसमेत सुनाए।

विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरको पहलमा मेयर साहले सरसफाइ अभियान चलाए पनि अहिले नगरका विभिन्न ठाउँमा फोहोरको डंगुर थुपारिएको छ।

यो पनि पढ्नुहोस्

मेयरको राजीनामा माग्दै जनप्रतिनिधिहरू काठमाडौंमा, फोहोर नउठ्दा जनकपुर दुर्गन्धित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved