बंगलादेश जाने फुटबल टिमको बिदाई

नेपालभ्युज

बंगलादेश जाने फुटबल टिमको बिदाई

काठमाडौं । यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली टोलीलाई एन्फाले औपचारिक रुपमा बिदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङलगायतले टोलीको बिदाई गरे।

सोमबार टोली बंगलादेश प्रस्थान गर्नेछ। ११ डिसेम्बरबाट सुरु हुने प्रतियोगितामा नेपालले भूटान, भारत, श्रीलंका र आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सहभागी पाँच टोलीमध्ये समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल भिडन्त हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved