पोर्चुगलमा संसद् विघटन, ३० जनवरीमा निर्वाचन हुने

नेपालभ्युज

पोर्चुगलमा संसद् विघटन, ३० जनवरीमा निर्वाचन हुने

एजेन्सी। पोर्चुगलमा संसद विघटन गर्दै ‘अर्ली इलेक्सन’ घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्।

जनवरी ३०, २०२२ मा निर्वाचनको मिति तोकिएको छ। गत अक्टुबरमा सोसलिस्ट पार्टीको अल्पमतको सरकारले प्रस्तुत गरेको बजेटलाई संसद्ले फेल गरेपछि नयाँ निर्वाचनको चर्चा सुरु भएको थियो।

यससँगै पोर्चुगलमा पछिल्ला ६ वर्षदेखिको स्थिरता समाप्त भएको छ। सन् १९७४ यता अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved