काठमाडौंबाट स्रोत नखुलेको ६९ लाखसहित सर्लाहीका एक जना पक्राउ

नेपालभ्युज

काठमाडौंबाट स्रोत नखुलेको ६९ लाखसहित सर्लाहीका एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरहथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसारपोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved