शेखर कोइराला भन्छन्, ‘प्रदेश १ को निर्वाचनमा मत नहालेर गल्ती गरें’

नेपालभ्युज

शेखर कोइराला भन्छन्, ‘प्रदेश १ को निर्वाचनमा मत नहालेर गल्ती गरें’
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको प्रदेश १ अधिवेशनमा मत नहालेर गल्ती गरेको स्वीकार गरेका छन्।

प्रदेश १ मा कोइराला पक्षकै गुरुराज घिमिरे दुई मतले पराजित भएपछि नेता कोइरालासहित यो पक्षका केही प्रमुख नेताहरूले मत नै नखसालेको सार्वजनिक भएको थियो।

घिमिरे पूर्वमहामन्त्री सिटौला पक्षका उद्धव थापासँग दुई मतले प्रदेश सभापतिमा पराजित भएका थिए। वडादेखि जिल्ला अधिवेशनसम्म पूर्वको मोरङसहित जिल्लामा कोइराला पक्षको प्रभाव राम्रो देखिएको थियो।

‘प्रदेश अधिवेशनको क्रममा कानूनी सल्लाह गर्दा मतदान नगरेकै राम्रो हुन्छ भनेर सल्लाह आयो’, कोइरालाले सोमबार दिउँसो समाजिक सञ्जालमा लेखेका छन्, ‘म यसका लागि माफी माग्न चाहन्छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved