खराब लयमा विराट, दुई वर्षदेखि शतकको खडेरी

नेपालभ्युज

खराब लयमा विराट, दुई वर्षदेखि शतकको खडेरी

एजेन्सी। रन मेसिन भनेर चिनिने भारतका टेस्ट तथा एकदिवसिय ब्याट्सम्यान विराट कोहली पछिल्लो समय शतकको खडेरीबाट गुज्रिएका छन्। उनको ब्याटबाट शतक नबनेको झन्डै दुई वर्ष भयो।

सन् २०२० विराटको अन्तर्राष्ट्रिय करियरको पहिलो वर्ष थियो, जतिबेला उनको ब्याटबाट कुनै शतक निस्किएन।

२०२१ समाप्त हुन लाग्दा पनि विराटले कुनै शतक लगाउन सकेनन्। उनीसामु यस वर्ष शतक लगाउने अन्तिम अवसर भने बाँकी छ।

त्यसका लागि उनले दक्षिण अफ्रिका टुरमा पहिलो खेलमै शतक प्रहार गर्नुपर्छ। उक्त खेलमा चुके भने उनी लगातार दुई क्यालेन्डर वर्षमा शतक प्रहार गर्न बन्चित हुनेछन्।

विराटले पछिल्लोपटक नोभेम्बर २०१९ मा बंगलादेशविरुद्ध डे नाइट टेस्टमा शतक लगाएका थिए। त्यसयता, उनले क्रिकेटका तीनवटै फर्म्याटमा कुल ५१ खेल खेले र ३९.७० को औसतमा २०२५ रन पनि बनाए। यस दौरान उनको सबैभन्दा राम्रो स्कोर अविजित ९४ रन थियो। यस्तो उत्कृष्ट प्रदर्शन उनले टी२० क्रिकेटमा गरेका थिए।

टेस्टमा उनको प्रदर्शन भने खराब छ, उनले पछिल्ला दुई वर्षमा २६.०४ को औसतमा रन बनाएका छन्। दुई वर्षअघि बंगलादेशविरुद्ध शतक लगाएयता उनले १३ टेस्ट म्याच खेलेका छन्। जसमा कुल ५ सय ९९ रनमात्र बनाए।

यसबीच उनले एक खेलमा ७४ रन बनाएका थिए। पछिल्ला दुई वर्ष खराब खेलेपनि विराटको ओभरअल टेस्ट करियर दर्शनीय छ। उनले कुल ९७ खेलमा ५०.६५ को औसतमा ७ हजार ८ सय १ रन बनाएका छन्।

यसरी हेर्दा पछिल्ला दुई वर्षमा उनी आफ्नो औसत प्रदर्शनभन्दा आधा खेल देखाइरहेका छन्। आफ्नो टेस्ट करियरमा २७ शतक लगाएका विराट पछिल्ला दुई वर्ष भने शतक बनाउन असफल छन्।

आफुमाथिको दबाब कम गर्नका लागि उनले अब ठूला इनिङ्ग्स खेल्न जरुरी छ, नत्र टी२० पछि उनले एकदिवसीय र टेस्ट कप्तानी पनि गुमाउन सक्छन्।

एकदिवसीयमा पनि शतकको खडेरी

२ सय ५४ वटा एकदिवसिय खेल खेलेर विराटले कुल ४३ शतक बनाएका छन्। उनले आफ्नो पछिल्लो एकदिवसिय शतक वेस्टइन्डिजविरुद्ध अगस्ट २०१९ मा प्रहार गरेका थिए।

यसपछि विगत दुई वर्षमा उनको उच्च स्कोर ८९ रन हो। एकदिवसियमा कोहलीको प्रदर्शन त्यति साह्रो खराब पनि होइन, तर उनले विगत दुई वर्षमा आफ्नो उत्कृष्ट प्रदर्शनको आडमा टोलीलाई कुनै खेल जिताउन भने सकेका छैनन्।

पछिल्ला दुई वर्षमा १५ एकदिवसिय म्याचमा उनले ४३.२६ को औसतमा ६ सय ४९ रन बनाएका छन्। त्यसैले, आँकडाका आधारमा उनको एकदिवसिय प्रदर्शन राम्रै छ। शतक भने बन्न सकेको छैन।

टी२० मा शतकविहीन

विराटले एकदिवसिय र टेस्ट म्याच जोडेर ७० शतक लगाएका छन्। तर टी–२० खेलमा उनले अहिलेसम्म शतक प्रहार गरेका छैनन्। टी २० मा शतक लगाउन नसकेपनि पछिल्ला दुई वर्षमा उनको प्रदर्शन अझै राम्रो भएको छ।

उनले आफ्नो सबैभन्दा ठूलो स्कोर पनि यही दुई वर्षका दौरान गरे। डिसेम्बर २०१९ मा उनले वेस्ट इन्डिजविरुद्ध अविजित ९४ रन बनाएका थिए। पछिल्ला दुई वर्ष उनले ५९.७६ को औसतमा ७ सय ७७ रन बनाएका छन्। जबकी, उनको टी–२० करियरको औसत ५२.०४


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved