किम्फको १९ औँ संस्करण बिहीबारदेखि, देखाइँदै २८ देशका ६० फिल्म

नेपालभ्युज

किम्फको १९ औँ संस्करण बिहीबारदेखि, देखाइँदै २८ देशका ६० फिल्म

काठमाडौं। काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ।

महोत्सव वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेशनसम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एशोसिएशनले जनाएको छ।

अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ‘ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एशोसिएशनले जानकारी दिएको छ।

किम्फको निर्णायकमा स्वीजरल्याण्डकी पर्वतारोही तथा पत्रकार मारियो कासेला, स्विजरल्याण्डकै पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिंक र रंगकर्मी अनुप बराल रहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबाट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन्। पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ। उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved