प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ आज

५ असोजमा सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै २३ देशका दूतावास नेतृत्वविहीन छन्। तीन देशका लागि राजदूत प्रस्ताव गरेको सरकारले अन्य २० देशका लागि राजदूत सिफारिस गर्न सकेको छैन। 

नेपाल भ्यूज

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ आज

काठमाडौं। प्रस्तावित तीन राजदूतका संसदीय सुनुवाइ आज हुने भएको छ। भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि आज विहान ११ बजे संसदीय सुनुवाइ विशेष समिति बैठक बस्दैछ।

यसअघि ५ मंसीरलाई तोकिएको संसदीय सुनुवाइको कार्यक्रम सांसदहरूको कोरम नपुगेको भन्दै १७ मंसीरका लागि सरेको थियो। तर उक्त दिन पनि नेपाली कांग्रेसका सांसद्हरू महाधिवेशन तयारीका लागि जुटेको भन्दै सुनुवाइको मिति फेरि सरेको थियो।

प्रस्तावित राजदूतहरू भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यका विषयमा सुनुवाइ हुने कार्यक्रम रहे पनि २० मंसीरका लागि सरेको हो।

सरकारले ११ कात्तिकमा भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत प्रस्ताव गरेको थियो।

५ असोजमा सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै २३ देशका दूतावास नेतृत्वविहीन छन्। तीन देशका लागि राजदूत प्रस्ताव गरेको सरकारले अन्य २० देशका लागि राजदूत सिफारिस गर्न सकेको छैन।

संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved