शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु
सांकेतिक तस्वीर।

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

युवकको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी खड्काले जानकारी दिए।

पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved