इतर पक्षलाई २ मतले पराजित गर्दै कांग्रेस प्रदेश नं १ सभापतिमा थापा निर्वाचित

नेपालभ्युज

इतर पक्षलाई २ मतले पराजित गर्दै कांग्रेस प्रदेश नं १ सभापतिमा थापा निर्वाचित

विराटनगर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं १ सभापतिमा उद्धव थापा विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा थापाले आफ्ना प्रतिद्धन्द्धी गुणराज घिमिरेलाई २ मतले पराजित गरे। थापाले निर्वाचनमा ८४४ मत पाएकोमा उनका प्रतिद्धन्द्धी घिमिरेले ८४२ मत पाएका थिए।

थापालाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो।

निर्वाचनमा जम्मा १ हजार ७ सय ५२ मत खसेको थियो ।

यसैगरी, उपसभापतिमा टंकप्रसाद राई र रमेशजंग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका छन् भने अन्य पदको मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved