विवाह पञ्चमीमा प्रदेश २ मा बुधवार सार्वजनिक बिदा, विद्यालयहरू तीन दिन बन्द

शुक्रवारबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ।

नेपालभ्युज

विवाह पञ्चमीमा प्रदेश २ मा बुधवार सार्वजनिक बिदा, विद्यालयहरू तीन दिन बन्द

जनकपुरधाम। प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। शुक्रवारबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ।

प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार नै विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो। यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाले समेत विवाह पञ्चमीको अवसरमा नगरभित्रका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलवारदेखि बिहीबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।

आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जनाएको छ। शुक्रवारबाट शुरु भएको साता व्यापी विवाह पञ्चमी महोत्सव बिहीबार सम्पन्न हुँदैछ् ।

रामजानकी विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लीला सम्पन्न भएको र आइतबार धनुषयज्ञ, सोमबार तिलकोत्सव, मंगलबार मटकोर, बुधबार शुभविवाह रहेको छ। बिहीबार रामकलेवा भएसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved