कांग्रेस प्रदेश १ अधिवेशन– ६ सय मत गणनामा गुरुराज २३ मतले अगाडि

नेपालभ्युज

कांग्रेस प्रदेश १ अधिवेशन– ६ सय मत गणनामा गुरुराज २३ मतले अगाडि

काठमाडौं। कांग्रेस प्रदेश– १ को सभापतिमा ६ सय मत गणना हुँदा गुरुराज घिमिरे २३ मतले अगाडि भएका छन्। उनले २९९ र उद्धव थापाले २७६ मत प्राप्त गरेका छन्।

उपसभापतिमा गोविन्दप्रसाद ढुङ्गानाले २५७, टंकप्रसाद राईले २८३, रमेशजंग रायमाझीले २९१ र बिश्वनाथ रिजालले २३३ मत पाएका छन्। यस्तै, महामन्त्रीमा उमेश थापाले २७९, दिपनकुमार श्रेष्ठले २६५, पदम सुन्दर पालुङ्गवाले २६९ र भूपेन्द्र राई २६६ मत पाएका छन्।

सहमहामन्त्रीमा प्रमीला गच्छदारले २७८, सीता कार्कीले २७२, खड्ग फागोले ३४५, रोहित कुमार शाहले २२७, विनोदकुमार बस्नेतले २६४, विरकाजी राईले २२८ र शुभचन्द्र राईले २१ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved