राप्रपामा सर्वाधिक मत पाउने कुन्ती भन्छिन्–‘पदको होइन विचारको राजनीति हुनुपर्छ’

२०८० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भएपछि कुन्तीको चर्चा चुलिएको हो। उम्मेदवारीबारे प्रचारप्रसार र तडकभडक नगरिकननै लोप्रीय मत ल्याएर उनी राप्रपाको केन्द्रीय नेतृत्वमा पुग्न सफल भइन्।

नेपालभ्युज

राप्रपामा सर्वाधिक मत पाउने कुन्ती भन्छिन्–‘पदको होइन विचारको राजनीति हुनुपर्छ’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा सर्वाधिक मत पाउनेमा केन्द्रीय कमिटी सदस्य कुन्ती पोखरेल रहेकी छिन्। २०८० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको चर्चा चुलिएको हो।

उम्मेदवारीबारे प्रचारप्रसार र तडकभडक नगरिकननै लोप्रीय मत ल्याएर उनी राप्रपाको केन्द्रीय नेतृत्वमा पुग्न सफल भइन्। काठमाडौं बालुवाटार निवासी कुन्ती सामाजिक काममा सक्रिय युवा नेत्री हुन्।

राप्रपाको राजनीतिमा एक दशकभन्दा अघिदेखि सक्रिय उनी यसअघि महिला संघलगायतमा आबद्ध थिइन्। उनले महिला हिंसाविरुद्ध आन्दोलनको नेतृत्व गर्दै ‘तारामण्डल महिला सशक्तीकरण अभियान’ सञ्चालन गर्दै आएकी छिन्।

सोही अभियानमार्फत विभिन्न चेतनामूलक का गर्दै आएकी उनी राजनीतिसँगै समाजसेवीको परिचय पनि बनाएकी छिन्। राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष हुन् युवा उद्यमी समेत हुन्।

राजनीति फोहोरी खेल हो भन्ने आमधारणालाई चिर्न आफू पार्टीको केन्द्रीय कमिटीमा आएको उनले बताइन्।

उनले भनिन् ‘‘नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, भन्ने देखाउन म आफैँ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए। धेरै मतदाताले मलाई भोट हाल्नुभयो । निर्वाचित गराउनुभयो । उहाँहरूको आशा अपेक्षा पुरा गर्नेछु।’’

राजनीतिमा युवा नेतृत्व होइन मात्र नभई सचेत युवा नेतृत्वको खाँचो रहेको बताउँदै उनले कार्यकर्ताको चेतनामा नवप्रवर्तनको खाँचो रहेको औल्याईन्। उनले भनिन् ‘‘अहिले नेता, नेतृत्व मात्र होइन, अध्ययनशील, वैचारिक, तार्किक र बौद्धिक युवाहरूको खाँचो छ जसले सहीलाई सही र गलतलाई गलत देखोस्। जसले माथिल्लो तहको नेताको कुकृत्यविरुद्ध खुलेर बोल्न सकोस्, पदको होइन विचारको राजनीति गरोस् र राजनीतिमा आउन चाहने धेरै युवालाई राम्रो सन्देश दिन सकोस् ।’’


Comment

One thought on “राप्रपामा सर्वाधिक मत पाउने कुन्ती भन्छिन्–‘पदको होइन विचारको राजनीति हुनुपर्छ’

  1. राम्रो देसमा बिचारको राजनीति गर्ने, सक्षम, सबल, तार्किक र निडर नेताको खाचो छ
    कुराले मात्र होइन कामले l कुन्ती जी यहाको नेत्रित्वोले राजनीति गर्नेहरुमा छाप छोड्न सकोस , शुभकामना सहित बधाई l
    (मेरो कमेन्ट कुनै पार्टी वा नेताको नभई बिचार र सक्षमताको कुरामा समर्थन गर्दैछु, यहाको भनाइमा मेरो व्यक्तिगत धारणामात्र हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved