कोरोनाबाट थप २ सय ५ संक्रमित, एकजनाको मृत्यु

नेपालभ्युज

कोरोनाबाट थप २ सय ५ संक्रमित, एकजनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड–१९ कोरोना भाइरसबाट देशभर कुल दुई सय ५ जना संक्रमित भएका छन्। यस अवधिमा एकजनाको मृत्यु भएको छ। त्यस्तै, ४ सय ३६ जना संक्रमण मुक्त भएका छन्।

पिसिआर विधिबाट सात हजार ९९५ जनाको परीक्षण गर्दा दुई सयजना र एन्टीजेन विधिमार्फत दुई हजार ७५२ जनाको परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ९ सय ३० जनाले कोभिडविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved