जनकपुरधाममा आज धनुषयज्ञ मनाइँदै

रामजानकी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुषयज्ञ मनाइँदै छ।

नेपालभ्युज

जनकपुरधाममा आज  धनुषयज्ञ मनाइँदै
जनकपुरधाम। रामजानकी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुषयज्ञ मनाइँदै छ। त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक कथनअनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँच्‍ने गर्छन्।
रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए। राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छाेरी सीताको विवाह गर्ने निधोका साथ  धनुषयज्ञ आयोजना गरे। यसमा शक्तिशाली राजा र राजकुमारहरु सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् ।
अन्त्यमा, आयोध्याबाट घुम्‍न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर धनुषको धागो कस्‍न थालेपछि तीन टुक्रा भएको थियो। धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ।
सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फुलबारी लीला सम्पन्न भइसकेको छ भने आज आइतबार धनुषयज्ञ मनाईदै छ। विवाहपञ्चमीको चौथो दिन भोली (सोमबार) तिल्कोत्सव, मंगलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव हुनेछ। र, बिहीबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। गत दुई वर्ष देखि कोरोना महामारी काराण प्रभावित बनेको महोत्सव यस वर्ष धुमधामका साथ मनाउने तयारी रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताए।
अहिले विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरलाई नव बेहुली झै सजाइएको छ भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाई गरिएको छ। त्यसैगरी, मुख्य चोकहरुमा प्रवेशद्वारहरु निर्माण निर्माण गरिएको छ।
विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो देशका पर्यटकहरुको पनि उल्लेख्य सहभागिता छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved