होण्डाको नयाँ एमेज २०२१ सार्वजनिक

नेपालभ्युज

होण्डाको नयाँ एमेज २०२१ सार्वजनिक

काठमाडौं। नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआईआरएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्नेछ।

यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर-१५ एलोए ह्वील्स हो। त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनसीएपीबाट ४ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गरेको छ। यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियरबक्स रहेको छ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गर्ने दाबी कम्पनीको छ। अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी शेप्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved