राप्रपा महाधिवेशन

लिङदेनको शपथमा थापा उपस्थित भएनन्

नेपालभ्युज

लिङदेनको शपथमा थापा उपस्थित भएनन्

काठमाडौं। अध्यक्ष राजेन्द्र लिङ्देनसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

अध्यक्ष लिङदेनसहित उपाध्यक्ष र महामन्त्रीहरुलाई निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले शपथ खुवाए। त्यसलगत्तै अध्यक्ष लिङदेनले नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई शपथ गराए।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए। तर अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएनन्। निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप थापाले आइतबार सामाजिक सन्जालमार्फत लगाएका थिए।

आइतबार बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिका बाँकी ५० जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved