काठमाडौं उपत्यकामा १०३ जना कोरोना संक्रमित थपिए

नेपालभ्युज

काठमाडौं उपत्यकामा १०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा १०३ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार काठमाडौंमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जना संक्रमित थपिएका हुन्। देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ७४७ जनाको परीक्षण गर्दा उक्त संयामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ८ लाख २२ हजार ५९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ५९२ जना रहेको छ।

आइतबार ४३६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ४ हजार ५४४ पुगेको छ। निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। अहिले मृत्युदर १ दशमलव ४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ५७ हजार ९३० जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ५०७ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved