४ वर्षदेखि आफ्नै पिसाब पिउँछिन् यी महिला, यस्तो छ कारण

नेपालभ्युज

४ वर्षदेखि आफ्नै पिसाब पिउँछिन् यी महिला, यस्तो छ कारण

एजेन्सी।  गोमुत्र सेवनको फाइदाका विषयमा धेरैले चर्चा गर्छन् । तर के तपाईले कुनै व्यक्तिले स्वमुत्र सेवन गरेको देख्नुभएको छ ? तपाईलाई लाग्ला, यो बेतुकको प्रश्न हो ।

तर अमेरिकाको कोलोराडो बस्ने ५३ वर्षकी क्यारीलाई पछिल्ला चार वर्षदेखि आफ्नै पिसाब पिउने बानी छ। उनले दैनिक रुपमा ५ ग्लास आफ्नै पिसाब पिउने गरेको एक अन्तर्वार्ताका दौरान बताएकी छिन्। क्यारीका अनुसार ४ वर्षपहिले मेलानोमा क्यान्सरबाट ग्रस्त भएको थाहा पाएपछि उनले स्वमुत्र सेवन गर्न थालेकी थिइन्।

उनले किमोथेरापीको साटो युरिन थेरापी लिने फैसला गरिन् र आफ्नै पिसाब पिउन थालिन्। यतिमात्रै होइन, क्यारीले दाँत माझ्न पनि आफ्नै पिसाबको प्रयोग गर्छिन्। ”मलाई लाग्छ कि यसले मेरो दाँतलाई चम्काउँछ”, उनले भनिन्।

यतिमात्रै नभएर आँखामुनीको हिस्सा, कान र कपालको जरामा पनि उनी आफ्नो पिसाब प्रयोग गर्छिन्। यस्तो प्रयोगबाट आफुमा सकारात्मक परिवर्तन भएको उनले बताइन्।

क्यारीका अनुसार पिसाबको स्वाद समयअनुसार फरक–फरक हुने गरेको छ। कहिलेकाँही यो नुनिलो हुन्छ। कहिलेकाँही यसको स्वाद स्याम्पियनजस्तो लाग्छ। उनलाई पिसाब पिउने लत धेरै नै लागिसकेको छ। ‘सायद, पिसाब पिउने लत छाडें भने बाँच्न सक्दिंन भन्ने लाग्छ,’ उनले भनिन्।

चिन्तित थिइन् छोरी

क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ अवस्थालाई लिएर निकै चिन्तित थिइन्। यसपछि उनले आमालाई उपचारका लागि लगिन्। चेकजाँचपछि डाक्टरले क्यारीमा क्यान्सर रहेको बताए।

त्यसयता, क्यान्सरको उपचारका लागि किमोथेरापी लिनुको साटो क्यारीले प्राचिन स्वमुत्र चिकित्सा प्रणाली प्रयोग गर्ने फैसला लिइन्। पछिल्ला ४ वर्षमा उनले झन्डै ३ हजार ४ सय ६ लिटर पिसाब पिइसकेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved