प्रतिस्पर्धाबाट बाहिरिएपछि भीमसेनधान प्रधानले भने-सहमतिको सन्देश दिऔं

नेपालभ्युज

प्रतिस्पर्धाबाट बाहिरिएपछि भीमसेनधान प्रधानले भने-सहमतिको सन्देश दिऔं
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले सहमतिमा सभापति चयन हुनुपर्नेमा जोड दिएका छन्।

दोस्रो चरणको निर्वाचन नगरी सहमति कायम गर्न उनले आग्रह गरेका छन्। आइतबार बिहान विज्ञप्ति जारी गर्दै पहिलो चरणको मतपरिणामको आधार र आउँदो स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सहमतिको सन्देश दिन उनले आग्रह गरेका छन्।

बाग्मती प्रदेशमा आज ११ बजेबाट पुनः मतदान हुने बताइएको थियो।

बागमतीमा देउवा प्यानलका इन्द्र बानियाँले सबैभन्दा धेरै मत ल्याएका थिए। जगदीश नरसिंह र भीमसेनदास क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए। ५१ प्रतिशत मत बानियाँको पक्षमा नपुगेपछि पुनः मतदान हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved