राप्रपा महाधिवेशन

विक्रम पाण्डेले ल्याए सर्वाधिक मत, रेखा थापा पराजित

महामन्त्रीमा धवलशेमरको जित

नेपालभ्युज

विक्रम पाण्डेले ल्याए सर्वाधिक मत, रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीको पदमा धवल शम्शेर राणा विजयी भएका छन्। उनी बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत हुन्। निर्वाचन समितिका अनुसार राणादले २ हजार २२१ मत ल्याएका हुन्।

त्यस्तै महिलातर्फको महामन्त्री पदमा अभिनेत्री रेखा थापा पराजित भएकी छन्। उनलाई कुन्तीकुमारी शाहीले हराइन्।

आइतबार सकिएको मत परिणामअनुसार शाहीले २ हजार ८ मत ल्याउँदा थापाले १६४० मत मात्र ल्याइन्। शाही कमल थापा प्यानलबाट महामन्त्रीकी उम्मेदवारी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देन​को समूहबाट उठेकी थिइन्।

त्यसैगरी उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुला उपाध्यक्षमा पाण्डेले २ हजार पाँच सय २१ मत ल्याए। उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए। पाण्डे यो महाधिवेशनमा सर्वाधिक मत ल्याउने उम्मेदवार पनि बनेका छन्।

त्यस्तै उपाध्यक्ष पदमा बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन्। राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ चार र महामन्त्रीको तीन पदमा निर्वाचन भएको थियो।

अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका छन्।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved