बार्सिलोना र एट्लेटिको पराजित, शीर्ष स्थानमा रियलको दबदबा कायमै

नेपालभ्युज

बार्सिलोना र एट्लेटिको पराजित, शीर्ष स्थानमा रियलको दबदबा कायमै

काठमाडौं। ला लिगामा गएराति सम्पन्न आफ्नो १५ औं खेलमा बार्सिलोनाले रियल बेटिससँग घरेलु मैदानमै १-० को नमिठो हार बेहोरेको छ। नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

उनले ७९औं मिनेटमा क्रिस्टियन टेलोको पासमा गोल गरेका थिए। जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाको यो पहिलो हार हो। जाभीको प्रशिक्षणमा बार्सिलोनाले चार खेल खेल्दा दुई जित, एक बराबरी र हारको नतिजा निकालेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा गत सिजनको लिग विजेता एट्लेटिको मड्रिडले पनि घरेलु मैदानमै पनि हार बेहोरेको छ। उसले मायोर्कासँग २-१ को हार खेपेको हो। मायोर्का यसै सिजन बढुवा भएर ए डिभिजनसम्म आइपुगेको टोली हो। शुरुआती अग्रता बनाए पनि एट्लेटिकोले खेलको अन्त्यतिर २ गोल खान पुग्यो।

तर शीर्ष स्थानको रियल मड्रिडले भने गएराति रियल सोसिडाडमाथि २-० को सहज जित निकाल्दै शीर्ष स्थानमा बलियोगरी कब्जा जमाएको छ। रियललाई जिताउन जुका जोभिक र भनिसियस जुनिअरले गोल गरे।

रियलले १६ खेलबाट ३९ अंक बनाएको छ भने गएराति नै अर्को जित निकालेर सेभिल्ला लिगमा ३१ अंकसहित दोस्रो स्थानमा छ। सेभिल्लाले भिल्लारियललाई १-० को गोलअन्तरले हराएको हो।

त्यस्तै एट्लेटिकोको १५ खेलबाट २९ अंक छ। बार्सिलोनालाई पराजित गरेको रियल बेटिस भने १६ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved