कांग्रेसको १४ औँ महाधिवेशन

गण्डकीमा शर्मा विजयी, बागमतीमा पुनः मतदान हुँदै

नेपालभ्युज

गण्डकीमा शर्मा विजयी, बागमतीमा पुनः मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना सकिएको छ। प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्।

सभापतिका लागि ११४६ मत खसेको थियो। यद्यपि कसले कति मत ल्याए त्यसको जानकारी आउन बाँकी छ। सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा र सभापति शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशी प्रतिस्पर्धामा थिए।

गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि भएको थियो। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ६८ पदका लागि यहाँ १५० जनाको प्रतिस्पर्धा छ।

बाग्मती प्रदेशमा भने आज ११ बजेबाट पुनः मतदान हुने बताइएको छ।

बागमतीमा देउवा प्यानलका इन्द्र बानियाँले सबैभन्दा धेरै मत ल्याएका छन्। जगदीश नरसिंह र भीमसेनदास क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ५१ प्रतिशत मत बानियाँको पक्षमा नपुगेपछि पुनः मतदान हुन लागेको हो।

यस्तै सुदूरपश्चिममा देउवा पक्षका वीरबहादुर बलायर अगाडि छन्।

                                                              *शीर्षकमा शर्मा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको – प्रधानसम्पादक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved