खोप प्रर्याप्त छ, तेस्रो मात्रा लगाउनुहोस् : स्वास्थ्यमन्त्री खतिवडा

खोप प्रर्याप्त छ, तेस्रो मात्रा लगाउनुहोस् : स्वास्थ्यमन्त्री खतिवडा
फाइल तस्वीर

काभ्रे। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन्। उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे।

नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका ६ को वडा भेलालाई आज सम्बोधन गर्दै उनले ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन्। मन्त्री खतिवडाले नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए। “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उनले भने।

मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए। उनले भने, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु।”

मन्त्री खतिवडाले फरक प्रसंगमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गरे। “एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,” उनले भने। एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved