एक वर्षभित्र निर्वाचन हुने र एमालेले सरकार बनाउने ओलीको दाबी

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको जिकिर गरे।

नेपालभ्युज

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले ढिलोमा एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने दाबी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ओलीले एमाले नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको जिकिर गरे।

उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने पनि बताए।

उनले भने, ‘‘एक वर्षमा चुनाव हुनैपर्छ। चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ देशमा ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरू अगाडि बढाउँछौँ । र, देशलाई समृद्धिको बाटोमा लान्छौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved