सुनसरीमा बस दुर्घटना, एकको मृत्यु

नेपालभ्युज

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। २२ घाइते भएका छन्। मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved