लक्ष्मण र हुमीलाई माउन्टेन बाइक च्यालेन्जको उपाधि

नेपालभ्युज

लक्ष्मण र हुमीलाई माउन्टेन बाइक च्यालेन्जको उपाधि

रसुवा। पहिलो संस्करणको हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढामगरले जितेका छन्।
शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौडमा पुरुषतर्फ मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै विजेता बने।

पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन्। सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे।

महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन्। हुमीले निर्धारित दूरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन्। दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन्। तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पुरा गरिन्।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved