कोरोनाबाट शनिबार ५ जनाको मृत्यु

शनिवार ५ संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकभर ११ हजार ५ सय ४० जनाको संक्रमणबाट मृत्यु भएको छ।

नेपालभ्युज

कोरोनाबाट शनिबार ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घन्टामा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार ६ हजार ७ सय ९७ जनामा नमुना परीक्षण गर्दा २ सय ३८ जनामा पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मुलुकभर पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनेहरूको संख्या ८ लाख २२ हजार ३९२ पुगेको छ भने एन्टिजेन परीक्षणबाट ९५ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिवार ३ सय ९२ जना संक्रमित निको भएका छन्।

यससँगै हालसम्म मुलुकभर ८ लाख ४ हजार १०८ जना संक्रमित निको भएका छन्। शनिवार ५ संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकभर ११ हजार ५ सय ४० जनाको संक्रमणबाट मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved